घरघरमा किचन बमः प्रशासन मौन

दार्चुला । नेपाल सरकारको गृहमन्त्रालयले देशभर बिक्रिवितरणमा रोक लगाउँदै आएको प्रतिबन्धित सानो आकारको सिलिण्डर चाडपर्व नजिकिएसँगै बजारहरूमा छ्याप छयाप्ति देखिन थालेको छ ।

नियमनकारी निकाय आफैंमा चुप लागिदिँदा र उपभोक्तासमेत सचेत नहुँदा नेपाल सरकारले बिक्रीवितरणमा प्रतिबन्ध लगाएको साना आकारका सिलिन्डरहरु पुनः पूर्वका बजारहरुमा देखिन थालेका हुन् । बजार अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय तथा घरेलु उद्योगका कर्मचारीहरु एवम स्थानीय सरकार सकृय रुपमा उपस्थिती नहुँदा बजारमा पुनःप्रतिबन्धित सिलिण्डरहरु देखिन थालेका हुन् ।

साना आकारका सिलिन्डरहरु प्रयोगमा खतरा रहेको भन्दै नेपाल सरकारले यस्को बिक्री वितरणमा रोक लगाउँदै आएको छ । यसलाई ‘किचन बम’को संज्ञा दिइदै नेपाली बजारमा बिक्रिबितरण गर्न रोक लगाइएको छ । तर नियमनकारी निकायले नियमित बजार अनुगमन नगर्दा र अनुगमनको बेला पक्राउ परेका ब्यापारीहरुलाई कडा कार्वाही गर्न नसक्दा साना सिलिण्डरहरु फेरि छ्याप्छयाप्ति देखिन थालेका हुन् ।

प्रदेश १ को व्यापारिक हव मानिएको इटहरीलाई व्यापारीहरुले साना सिलिण्डर बिक्री गर्ने मुख्य अड्डाको रुपमा लिँदै आएका छन् । हिन्दुु नेपालीहरुको महान पर्व वडादशैँ, दिपावली र छठ नजिकिएसँंगै इटहरी लगायत आपासका क्षेत्रहरुमा पुनःसाना आकारका सिलिण्डरहरु देखिन थालेका छन् । प्रहरी कार्यालयकै १०० मिटरको दुरीमा अवस्थित बजारबाट प्रतिबन्धित साना आकारका सिलिण्डरहरु खुलेआम बिक्रि वितरण भइरहँदा पनि प्रशासन भने मौन रहेको पाइएको छ । हेर्दा सानो र चिटिक्क देखिने तथा कम लागतमा उत्पादन र समय टिकाउने हुँदा कम आर्थिकस्तर भएका उपभोक्ताहरुले यस प्रकारका सिलिण्डरहरु प्रयोग गर्ने गरेका छन् ।

यसरी भित्रिन्छ अवैध सिलिण्डर

भारतसँग जोडिएको खुल्ला सिमानाका कारण यस्ता सिलिण्डरहरु नेपाली बजारसम्म भित्रिने गरेका छन् । नेपालका व्यापारीहरुसँग अग्रिम कन्ट्याक गरी रातको समयमा सुनसरीको भारतीय नाका हरीपुर, भुटाहा, कोशी ब्यारेज, भण्टावारी, जोगवनीलगायतका नाकाहरुबाट यस्ता अवैध सिलिण्डरहरु भित्रिने गरेका छन् । कोरोना काल चलिरहँदा खुल्ला सिमाबाट यस्ता आकारका सिलिण्डरहरु भित्रिने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । गत वर्ष कोरोना संक्रमणको समयमा नाकाहरु ठप्प रहेको बेला खुल्ला सिमाबाट बिक्रिका लागि नेपाली बजारहरुमा ल्याउँद गरेको अवस्थामा २ दर्जन बढी साना आकारका सिलिण्डरहरु सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

खुल्ला सिमाकै कारण कुन सामग्री कतिबेला भित्रिन्छ प्रशासनले समेत सुइको पाउने गरेको छैन । प्रयोगमा ल्याउँदा ज्यान जोखिम हुन्छ भन्ने जान्दा जान्दै पनि कम लागतमै खरिद गर्न सकिने भएपछि उपभोक्ताहरु पनि यस्ता सिलिण्डरप्रति आकर्षित हुने गरेका छन् । यता यस विषयमा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार थापासँग सम्पर्क गर्दा उनले सबै बजारहरुमा प्रशासनको मात्र उपस्थित नरहने हुँदा स्थानीय स्तरका बजारको अनुगमनको जिम्मा स्थानीय सरकारको दायित्व रहेको बताए । उनले नाकामा हुने तस्करीका घटनाहरु गत वर्षको तुलनामा यो वर्ष निक कम भएको दाबी गरे ।

Leave A Reply

Your email address will not be published.