कञ्चनपुरमा एक पुरुषको शव फेला

दार्चुला । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। सोमबार बेलुकी पहिचान नखुलेको अन्दाजी ४०-४५ वर्षका पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।

भीमदत्त नगरपालिका -११ भुजेला साईवन नहरमा कम्मरभन्दा तल टाउकोसम्मको भाग पानीमा डुबेको घोप्टो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार मृत फेला परेका ती पुरुषले कालो टाउजर, खैरो सर्ट लगाएको, उचाई ५-६ ईन्च र वर्ण गहुगोरो रहेको छ।

शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयाो।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.