राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिस्ठान सुदुरपस्चिमले साउन मसान्तसम्म सदस्यता नबिकरण र थप सदस्यता बितरण गर्ने

दार्चुला – नेपाली कलाकारहरुको लोकप्रिय छाता संगठन रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल सुदुरपस्चिम प्रदेश कार्य समितिले ९ औटै जिल्लामा नया सदस्यता बितरण तथा नवीकरण कार्य साउन मसान्त सम्मको लागि खुल्ला गरेको बताएको छ।

त्यस्तै सदस्यता नबिकरण नयाँ सदस्यता थप गरि भाद्र २६ गते दार्चुला बाट अधिबेशन सुरु हुने राष्ट्रिय लोकदोहरी गीत प्रतिस्ठान प्रदेश सदस्य नवीन साउदले जानकारी दिनुभयो।

प्रदेश सदस्य साउदका अनुसार भाद्र २६ गते दार्चुला ,२७ गते बैतडी ,२९ गते बझाङ ,३१ गते डोटी, असोज २ गते बाजुरा ,३ गते अछाम ,५ गते डडेल्धुरा ,७ गते कन्चनपुर ,र असोज ८ गते कैलालीको धनगढीमा जिल्ला अधिबेशन समापन गरिनेछ।

सुदुरपस्चिमका विभिन्न बिधाका कलाकार तथा गीत सङ्गितमा इच्छुक भएकाहरुको लागि नबिकरण तथा नया सदस्यता बितरण गरिने प्रदेश सदस्य नवीन साउदले मालिकार्जुन खबरलाई बताउनुभयो। उहाँका अनुसार बैतडी जिल्लाको लागि राष्ट्रिय लोकदोहरी प्रतिस्ठानका बैतडी अध्यक्ष प्रेम बिवश चन्द लाई जिम्मेवारी दिएको बताउनु भयो।

Leave A Reply

Your email address will not be published.