दार्चुला- नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको ज्यान गएको छ ।
करेन्ट लागेर नेपालगञ्ज उपमहानगरपालिका–१७ का अन्दाजी ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो। यो पनि पढ्नुहोस् ।तनहुँमा करेन्ट लागेर बाबु–छोराको ज्यान गयो, आमा घाइते अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जको नर्सिङ होममा उपचारको क्रममा ज्यान गएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।