धारिलो हतियारले घाँटी रेटी शिक्षकको हत्या ,एक जना पक्राउ

दार्चुला – दैलेखमा एक जना शिक्षकको हत्या भएको छ । गुराँस गाउँपालिका वडा नम्बर ८ मालिका मावि लालीकाँडाका शिक्षक नगेन्द्रबहादुर बीसीको धारिलो हतियारले घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

विद्यालय नजिकै घर भएका शिक्षक बीसीको शव विद्यालय भवनको बरन्डामा भेटिएको हो । उनका दुई छोरा अध्ययनका लागि कोहलपुरमा रहेका र श्रीमती काम विशेषले सदरमुकाम गएकाले हत्या भएको दिन बीसी घरमा एक्लै रहेका प्रहरीले जनाएको छ ।
घटनास्थलमा भेटिएको चप्पलको आधारमा स्थानीय मुना खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.