पेट्रोलियम पदार्थको मूल्य घट्यो

दार्चुला । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।

घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८, डिजेल र मट्टीतेल १ सय ७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल, मट्टीतेल १ सय ७८ रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.