धनगढीमा सरकारी मोटरसाइकलमै तस्करी

दार्चुला- प्रदेशको अस्थायी राजधानी धनगढीमा सरकारी मोटरसाइकलबाटै तस्करी हुने गरेको छ। भारतको सुडा बजारबाट धनगढी उपमहानगरपालिका वडा नम्बर १२ हुँदै सरकारी नम्बरको मोटरसाकलमा तस्करी हुने गरेको तथ्य फेला परेको छ। शनिबार भारतको सीमावर्ती बजार सुडाबाट धनगढी–१२ जुगेडातर्फ सामान बोकेर आइरहेको सरकारी मोटरसाइकलको भिडियो दिनेशखबरलाई प्राप्त भएको छ। सरकारी सेतो नम्बरको मोटरसाइकलमा प्लाष्टिकको कुर्सीले छोपेर सामान ल्याउन लागेको भीडियोमा देख्न सकिन्छ। सुडामा रहेको आफन्तको घरबाट फर्किन लागेका कञ्चनपुर घर भएका दुई युवाले उक्त भिडियो खिचेका हुन्। सुडाबाट प्रदेश नम्बर ३ ०२ ००१ ब ०५१३ नम्बरको मोटरसाइकलमा तस्करी भइरहेको भिडियोमा देख्न सकिन्छ। सरकारी मोटरसाइकल कुन कार्यालयको हो भन्ने खुल्न सकेको छैन। उक्त नम्बरको मोटरसाइकल सुदूरपश्चिम प्रदेशमा दर्ता नभएर बाग्मती प्रदेश यातायात कार्यालयमा दर्ता भएको या फर्जी नम्बरको हुन सक्ने धनगढी यातायात कार्यालका अधिकारीले बताए। कैलालीमा धनगढी उपमहानगरपालिका क्षेत्रका विभिन्न ठाउँबाट निर्वाध तस्करी हुने गरेको छ। तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी भए पनि खुलेआम हुने तस्करी रोक्न सकेको छैन।

Leave A Reply

Your email address will not be published.