एक खेलअघि नै अस्ट्रेलियाले जित्याे टेस्ट क्रिकेट शृङ्खला

दार्चुला – दक्षिण अफ्रिकासँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज बिहीवार सकिएको दोस्रो टेस्ट क्रिकेट एक पारी र एक सय ८२ रनले जितेसँगै अस्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो ।

पहिलो पारीमा तीन सय ८६ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा दुई सय चार रन बनाउँदा सबै विकेट गुमायो । दक्षिण अफ्रिकाका तेम्बा बभुमाले सर्वाधिक ६५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले तीन, स्कट बोलान्डले दुई तथा मिचेल स्टार्क, प्याट कमिन्स र स्टेभिन स्मिथले एकरएक विकेट लिए ।

पहिलो पारीमा अस्ट्रेलियाका डेभिड वार्नरले दुई सय र एलेक्स केइरीले एक सय ११ रन बनाएका थिए

Leave A Reply

Your email address will not be published.