लुम्बिनीले जित्यो नेपाल टी–२० क्रिकेट लिगको उपाधि

दार्चुला । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

 

लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय नौ रनमात्रै बनाउन सक्यो । विराटनगरका अर्जुन साउदले ३४ र पृथु बाँस्कोटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुईरदुई विकेट लिए

 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा एक सय ३३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ र हरमीत सिंहले ३० रन बनाए । विराटनगरका नन्दन यादव र राज नन्नानले दुईरदुई विकेट लिए ।

 

योसँगै विजेता लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार पाएको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाण्डौ नाइट्सले पाँच लाख रुपैयाँ पुरस्कार पायो ।

 

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्ग्स, जनकपुर रोयल्स, काठमाण्डौ नाइट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड गरी छ टोलीको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.