प्रेमप्रसाद घटना : मानव अधिकार आयोगको ध्यानाकर्षण, सम्मानपूर्वक बाँच्ने हककाे सुनिश्चित गर्न निर्देशन

दार्चुला  –  राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

गएको मङ्गलवार आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा अस्ति बुधवार ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चित गर्न माग गरेको हो ।

आयोगका सदस्य लिली थापाले आचार्यको परिवारका सदस्यसँग भेट गरी घटनाका बारेमा जानकारी लिनुका साथै कानुनी प्रक्रियामा सहजीकरण गर्न पहल गर्नुभएको पनि आयोगले जनाएको छ । आत्मदाह गर्नु अगाडि आचार्यले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका विषय लोकतान्त्रिक शासन व्यवस्था अङ्गीकार गरेको राज्यका लागि अत्यन्त सोचनीय र संवेदनशील विषय रहेको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले प्रत्याभूत गरेको कुनै पनि व्यक्तिको बाँच्न पाउने हक र न्यायसम्बन्धी हकको सुनिश्चिताका साथै पेसा, व्यवसाय र सम्पत्तिको संरक्षण गर्ने वातावरणको निर्माण गरी राज्यको नागरिकप्रतिको दायित्व पूरा गर्न आयोगले माग गरेको छ।

Leave A Reply

Your email address will not be published.