बैतडीमा ३१ सहिद परिवारका सदस्यलाई निर्वाह भत्ता

दार्चुुला । बैतडीको पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई निर्वाह भत्ता उपलब्ध गराएको छ। सहिद दिवसका अवसरमा सोमबार पुर्चौडी नगरपालिकाका ३१ परिवारका सदस्यलाई निर्वाह भत्ता उपलब्ध गराएको हो।

नगरपालिका भरिका प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारलाई सम्मान स्वरूप वार्षिक एकमुष्ट २५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराएको नगरप्रमुख दिपकबहादुर बमले बताउनुभयो।

नगरपालिकाभरि विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका ३१ जना सहिदको परिवारका सदस्यलाई २५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराएको उहाँले बताउनुभयो ।।

यसैगरी जनयुद्धका क्रममा घाइते भएकाहरूलाई बिमाको व्यवस्था गरी निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयो  । जनआन्दोलनका क्रममा ज्यान गुमाएका ३१ परिवारलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको छ।

Leave A Reply

Your email address will not be published.