दार्चुला । बैतडीको पुर्चौडीमा मानव कंकाल फेला परेको छ । दशरथचन्द नगरपालिका ५ सुन्दरखाली शहीद पार्क नजिकै मानव कंकाल फेला परेको हो । मृत फेला परेको मानिसको कंकालमात्रै बाँकी रहेकाले कसको हो, भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।
स्थानीयबासीहरुले भने त्यँहीका स्थानीय ५५ बर्षीय लक्ष्मण नायकको शव हुन सक्ने आँकलन गरेका छन् । शव फेला परेको ठाउँमा पाइएका लुगा र अन्य सरसमानको आधारमा (शव) मानव कंकालको पहिचान हुन सक्ने प्रहरीले जनाएको छ ।
