बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

दार्चुला । बझाङमा सवारी दुर्घटना भएको छ। धनगढीबाट बझाङ गइरहेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको हो। जिल्लाको केदारस्युँं गाउँपालिका २ र ४ को सिमाना ‘बजुवा’ बगरमा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको प्रहरीले बताएको छ।

युवतीको नाम भने खुलेको छैन्। सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको धनगढीबाट बझाङ गइरहेको मालबाहक ट्रकले ठक्कर दिएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ।

health
Leave A Reply

Your email address will not be published.