लागु औषधसहित एकैदिन १४ जना पक्राउ

दार्चुला । सुदूरपश्चिम प्रदेशभित्र लागुऔषध विरुद्धको महाअभियान सुरु भएसँगै संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । कैलालीका विभिन्न स्थानबाट एकैदिन प्रहरीले १४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा युवाको संख्या सबैभन्दा बढी देखिएको छ । गोदावरी नगरपालिका–४ बाट २५ वर्षीय गोपाल चौधरी सहित ६ जना पक्राउ परेका छन् । ४ ग्राम १२० मिलिग्राम लागुऔषधसहित उनी पक्राउ परेका हुन्। । यस्तै, टीकापुर नगरपालिका–१ बाट जानकी गाउँपालिकाका १९ वर्षीय सागर काफ्ले र लम्की–चुहा नगरपालिका–१ का १९ वर्षीय लोकेश शाही एक ग्राम ६३० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट २० वर्षीय रामभजन राना, २४ वर्षीय प्रकाश राना एक सय मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ का १८ वर्षीय कमल राना र गोदावरी नगरपालिका–५ की १८ वर्षीया प्रिन्स भट्टलाई पाँच सय मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट धनगढी उपमहानगरपालिका–११ का २६ वर्षीय किरण जोशी ७ मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.