मालिकार्जुन मा वि मडमा कार्यरत शिक्षक डाँगाको विदाई

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालयमा मडमा कार्यरत शिक्षक भुवन बहादुर डागाँको आज एक कार्यक्रमका बिच विदाई गरिएको छ। २०७१ साल देखि विद्यालयको प्रधानाध्यापकको रुपमा रहेका शिक्षक डागाको सरुवा भए पछि विद्यालयले विदाई कार्यक्रम आयोजना गरेको मालिकार्जुन माध्यमिक विद्यालय मडका लेखापाल रमेश सिंह धामीले जानकारी दिनुभयो ।

शिक्षक डागाले मालिकार्जुन माध्यमिक विद्यालय मडमा झन्डै ८ बर्ष ५ महिना १० दिन प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको थियो । शिक्षक डागाको विदाई समारोहमा जनप्रतिनिधि, शिक्षक विद्यार्थी लगायत स्थानीयहरुको सहभागीता रहेको लेखापाल धामीले बताउनुभयो ।

शिक्षक डागाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालयमा सरुवा भएको उहाँले जानकारी दिनुभयो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.