पश्चिम सेतीको २८ वर्षपछि पुनः डिपीआर हुँदै

दार्चुला –भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक ९इन्सेप्सन० प्रतिवेदन लगानी बोर्ड नेपाललाई बुझाएको छ। लगानी बोर्ड नेपालले प्रतिवेदन अध्ययन गर्दैछ। प्राम्भिक प्रतिवेदन स्वीकृत भएपछि विस्तृत अध्ययन गरिने छ। पश्चिम सेती जलविद्युत आयोजनाको २८ वर्ष पहिले अध्ययन गरिएको भएपनि भारतीय कम्पनीले फेरि अध्ययन गर्ने भएको हो।

प्रतिवेदनमा आयोजनाको सम्भाव्यता अध्यययन गर्न विधिहरु प्रस्ताव गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए। उनले भने, ‘प्राम्भिक प्रतिवेदन हामीले स्वीकृत गरेपछि उसले विस्तृत अध्ययन गर्छ। प्राविधिक मुल्याँकन समितिले हेर्दैछ। आर्थिक, सामाजिक, वातावरणीय लगायत पक्षको अध्ययन थालिएको छ।ु परियोजनाको उपयुक्त ढाँचाको बारेमा अध्ययन गरिनेछ। अध्ययन पहिले पनि भएको हो। २८ वर्ष पहिले र अहिलेको अवस्था फरक छ।’अबको २१ महिनाभित्र एनएचपीसी इन्डिया लिमिटेडले परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन दिने कार्यतालिका छ। लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत भट्टका अनुसार भौगोरिक अवस्था, सामाजिक व्यवस्थापनको योजना, वातावरणीय अध्ययन लगायतको काम गरिने छ। ‘पहिलो प्राम्भिक प्रतिवेदन स्वीकृतपछि मात्र बाँकी काम सुरु हुने कार्यतालिका दिएका छौँ। दुई वर्षमा डिपीआर बुझाउछ। परियोजना स्वीकृत भएपछि लगानीको कुरा आउछ। हामी छिटो काम गर्ने पक्षमा छौँ,’ भट्टले भने। तर पश्चिम सेतीका लागि आवश्यक आधारभूत पूर्वाधारको भने अभाव देखिएको छ।

 

Leave A Reply

Your email address will not be published.