दार्चुला- महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजा एवम् दर्शनका लागि पशुपतिमा जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवम् सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।
जयबागेश्वरीबाट लाममा लागेको आधा घण्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घण्टासम्ममा दर्शन गर्न सकिने उहाँले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भिड छ। दर्शनार्थीलाई व्यवस्थित रुपमा दर्शन गराउन ३ हजार ५ सय सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायतको पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै आज देशका अन्य शिवालयमा पनि भक्तजनको भिड लागेको छ ।
