मालिकार्जुन गाउँपालिकाको गरिब सूचिमा सरकारी कर्मचारी र व्यवसायी

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले सार्वजनीक गरेको गरिब घर परिवारको सूचिमा सरकारी कर्मचारी, निवर्तमान जनप्रतिनिधि र व्यवसायीका नाम समाबेश गरेको पाइएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको गरिब घर परिवारको सूचिमा निवर्तमान जनप्रतिनिधि, व्यवसायी र  सरकारी कर्मचारीका परिवारका सदस्य लगायतका व्यक्ति अटाएको भन्दै चर्को आलोचना भईरहेको छ ।

गाउँपालिकाले यहि फागुन २३ गते सार्वजनीक गरेको सूचिमा वास्तविक गरीब नभएर सरकारी जागिर भएका, व्यावसाय गर्दै आएका र आर्थिक अवस्था राम्रो भएकाहरु गरीबीको सुचिमा रहेको भन्दै चर्को आलोचना भईरहेको हो ।

गाउँपालिकाले सूचना सार्वजनिक गर्दै सूचिमा समावेश भएकाहरुलाई गरिब परिवार परिचय पत्र बुझ्न आग्रह समेत गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचिमा १ हजार २ सय १० जनाको नाम समावेश गरिएको छ, तर ति मध्ये धेरै जसो सरकारी कर्मचारीका परिवारका सदस्य र व्यवसायी रहेको पाइएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचिमा व्यवसायि र सरकारी कर्मचारीका परिवारका सदस्यको नाम अति गरिबमा समावेश गरिएको छ, भने वास्तविक रुपमा गरिब भएकाहरुको नाम सामान्य गरिबमा समावेश गरिएको छ ।

गाउँपालिकाले गरिब परिवार छनोटमा पहुचवाला धनिलाई गरिब बनाएको स्पष्ट देखिएको छ। पार्टीका धनि कार्यक्रता अति गरिब र वास्तविक गरिब सूचिमा समावेश नभएको भन्दै गाउँपालिकाको चर्काे आलोचना भइरहेको छ।

 

 

Leave A Reply

Your email address will not be published.