डिपिआर बन्यो, खेल मैदान बनेन

पुष्पराज जोशी, दार्चुला ।दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा रहेको लाली खेलमैदानको निर्माण कार्य अलपत्र परेको छ।   लेकम गाउँपालिकाले २०७५ सालमा १० लाख रुपैँया खर्च गरेर खेल मैदान निर्माणको लागी डिपिआर बनाए पनि त्यस यता खेल मैदान निर्माणको कार्य अलपत्र परेको हो । डिपिआर तयार पारेको ४ बर्ष पुरा हुँदा समेत खेलमैदान निर्माणको लागी कुनै योजना बनेको छैन।

जिल्ला स्तरकै खेल मैदान बनाउने उदेश्य सहित २०७५ सालमा लेकम गाउँपालिकाले १० लाख खर्च गरेर खेल मैदान बनाउन डिपिआर तयार पारेको थियो ।

“जिल्ला स्तरिय खेल मैदान बनाउने भन्दै ४ बर्ष पहिले डिपिआर तयार गरि माटो परिक्षण समेत गरिएको थियो त्यस पछि खेल मैदान निर्माणको योजना अलपत्र परेको छ”स्थानीय डम्मर भण्डारीले भन्नुभयो । पालिका स्तरिय खेलकुद प्रतियोगीता सञ्चालन हुने उक्त खेलमैदान अहिले कुनै पनि खेल खेलाउन उपयुक्त नरहेको उहाँको भनाई छ।

अहिले खेल मैदान स्थानीयको गौचरन र सौच गर्ने स्थानको रुपमा परिणत भएको छ। बर्षाको बेला आउने ढल (भल)ले खेल मैदान चिरा चिरा भएको छ । कतिपय जिल्ला स्तरिय र स्थानीय स्तरमा हुने खेलकुद प्रतियोगिता सञ्चालन भएको खेलमैदान स्थानीय सरकारले चाँसो नदेखाउदा भएका संरचना समेत भत्किन थालेको स्थानीय भण्डारीले बताउनुभयो ।

“हरेक चुनावको बेला नेताहरु आउछन यहि मैदानमा कार्यक्रता भेला गर्छन तर खेल मैदान निर्माण र व्यवस्थापनको लागी कसैले चाँसो देखाउदैन्न” स्थानीय गोविन्द जोशीले भन्नुभयो । खेलमैदान संगै यातायात, आवासगृह, खानेपानि लगायतको समस्या भएकाले जिल्ला स्तरको खेलकुद प्रतियोगीता गर्न पनि समस्या हुने गरेको स्थानिय जोशीको बुझाइ छ। अहिले खेलमैदान खेलाडीले खेल खेल्ने नभई गाई बस्तु चराउने स्थानका रुपमा परिणत भएको उहाँको भनाइ छ ।

कतिय जिल्ला स्तरका खेलकुद प्रतियोगीता समेत सञ्चालन भएको खेलमैदान स्तरोन्तीका लागी कुनै पनि निकायले चाँसो देखाएको छैन । जिल्ला स्तरमा अन्य कुनै पनि उपयुक्त खेल मैदानको व्यवस्था नभएको अवस्थामा लाली खेलमैदानको व्यवस्थापन गर्न सके जिल्ला स्तरमा हुने क्रिकेट, फुटबल लगायतका ठुला प्रतियोगीता सञ्चालन गर्न उपयुक्त हुने खेल क्षेत्रका जानकारहरुको भनाई छ।

गाउँपालिकाले बजेट पड्काउनको लागी १० लाख खर्च देखाएर डिपिआर गरे पनि खेल मैदान निर्माणको कुनै योजना नबनाएको स्थानीयको गुनासो छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.