अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत १ सय १७ रनमा अलआउट

दार्चुला । अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय १७ रनमै अलआउट भएको छ ।

विशाखापटनममा टस हारेर ब्याटिङको निम्तो पाएको भारत २६ ओभरमा १ सय १७ रन बनाउँदा अलआउट भएको हो । भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ रन बनाए । यस्तै अक्षर पटेलले नटआउट २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । यस्तै सेन एबटले ३ र नाथन इलिसले २ विकेट लिए ।

भारत र अस्ट्रेलियाबीच ३ खेलको एकदिवसीय शृङ्खला भइरहेको हो । पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार चेन्नईमा हुँदैछ ।

health
Leave A Reply

Your email address will not be published.