आज हल्कादेखि मध्यम वर्षाको सम्भावना, भाेलिदेखि क्रमिक रुपमा माैसम खुल्ने

दार्चुला –आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

यस्तै, आज राति पनि केही ठाउँमा हावाहुरीसहित मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण केही दिनदेखि देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।

गएराति पनि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । लगातारजसो मौसम बदली भइ पानी परिरहेकाले चिसो भएको छ । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्ने जाने मौसमविद्ले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.