दार्चुला । सविधान दिवसको अवसरमा बैतडीका चतुर बहादुर चन्द जनसेवाश्री पदकबाट सम्मानित हुनुभएको छ।
नेपाल कृकेट संघका अध्यक्ष समेत रहनुभएका चन्द नेपाल सरकारबाट जनसेवाश्री पदकबाट सम्मनित हुनेको सुचीमा पर्नुभएको हो । विभुषण प्रदान गर्ने सूचिमा उहाँको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
उहाँ संगै नेपाली खेलकुद क्षेत्रका राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभुषण प्रदान गरिने भएको छ।
सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ।