सुनको भाउ फेरि ८ सय रुपैयाँले बढ्यो

दार्चुला- सुनको भाउ आज फेरि बढेको छ । हिजो तोलामा १२ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेको हो ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने स्थिर छ।

चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

health
Leave A Reply

Your email address will not be published.