सुदूरपश्चिममा मेघ गर्जनसहित वर्षा, अन्य क्षेत्रको मौसम सामान्यतया सफा

दार्चुला – सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा रातिदेखि नै मेघ गर्जनसहित पानी परिरहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण रातिदेखि नै सुदूरपश्चिम र कर्णालीको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको मौमसविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरि नै यी दुई प्रदेशको मौसम बद्ली हुने अनुमान छ । पानी भने दिनभरि नपर्ने उहाँले बताउनुभयो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएराति पश्चिमी वायु प्रवेश गरेको थियो । यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रको मौसम पनि बेलुकीपख बद्ली भइ एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

अहिले सुदूरपश्चिम र कर्णाली बाहेकका प्रदेशको मौसम सामान्यतया सफा छ ।

Leave A Reply

Your email address will not be published.