दार्चुला : पशुचौपायामा लम्पी स्कीन संग मिल्दोजुल्दो लक्षण भएको रोगको प्रकोप

दार्चुला । दार्चुलाका विभिन्न ठाउँमा घरपालुवा पशु चौपायामा लम्पी स्कीन संग मिल्दोजुल्दो लक्षण भएको रोग प्रकोप देखिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिक, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाका .विभिन्न ठाउँमा किसानले पालेका पशु चौपायामा यो प्रकोप देखिएको हो । पशु चौपायामा लम्पी स्कीन संग मिल्दोजुल्दो लक्षण भएको रोग देखा परेपछि किसानहरु चिन्तीत भएका छन् । गाई, गोरु ,भैंसिमा यो रोग देखा परेको बताइएको छ ।

धेरै पशुहरुमा लम्पी स्कीन संग मिल्दोजुल्दो लक्षण भएको  रोगको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका पशु विकास अधिकृत राम बहादुर खड्काले बताउनुभयो । यो रोग लागेपछी पशहरुमा उच्च ज्वरो आउने, ५० देखी ८० प्रतिशत दुध उत्पादन घट्ने, पशुहरुको सरीरको तल्लो भाग सुन्नीने, गिर्खाहरु देखिने, व्याउने पशुहरु तुहिने तथा बाझोपन देखीने समस्या आउने गरेको उहाँले बताउनुभयो ।

लम्पी स्कीन रोगको प्रकोप लामखट्टुे, झिंगा तथा किर्नाको टोकाइबाट हुने गरेकोले संक्रमण फैलन नदिन लामखुट्टे, झिंगा र किर्नाको टोकाईबाट पशुहरुलाई बचाउनु पर्ने डाक्टहरुको भनाई छ । यसको खोप समेत नेपालमा उपलब्ध नभएको बताइएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १, २ र ३ महाकाली नगरपालिकाको वडा नम्बर ८ र ९ तथा शैल्यशिखर नगरपालिकाका विभिन्न ठाउँमा यो रोग संग मिल्दोजुल्दो लक्षण भएको रोग देखा परेको े भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका पशु विकास अधिकृत खड्काले बताउनुभयो । यस्तो लक्षण देखिएका पशुहरुलाई खुल्ला ठाउँमा नछोड्न, रोगी पशुहरुलाई छुट्टै गोठमा राख्न तथा अन्य पशुहरुको सम्पर्कमा नराख्न पनि उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै जैविक सुरक्षाका मापडण्ड अपनाउन, जुम्रा , उपिया, किर्ना अदिको रोकथाम र नियन्त्रणमा ध्यान दिन, पशुमा रोग लागेको शंका भएमा पायक पर्ने स्थानीय तहको पशुसेवा शाखामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.