बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

Krishna

दार्चुला । बैतडीमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । देहीमाण्डौं –गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा ५ तिलकपुर भीटा भन्ने स्थानमा भएको जिप दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका ५ का ५५ बर्षीय महादेव भट्टको मृत्यु भएको हो ।

गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप सोमबार बिहान ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

१२ जना सवार रहेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । अन्य ११ जना घाइते रहेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीसहित ३० जनाको उद्धार टोली घटनास्थलमा पुगेको छ ।

ब्रेक फेल भइ जिप दुर्घटनामा परेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.