सरकारद्वारा बझाङका ६ वटा सडक योजना खारेज

दार्चुला। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको सडक योजना खारेज गरेको छ। जसमा बझाङ जिल्लाका ६ वटा सडक योजना पनि परेका छन्।

बझाङका खारेजी भएका सडक योजनाहरुमा दिपायल–थलारा–चैनपुर सडक, चैनपुर–१७ जयपृथ्वी नगर, भामचौर विजगडा हुदैँ दार्चुला सडक, मार्तडी घटमुना र दहकोट हुँदै बझाङको सीमाना सम्मको सडक, जाँडलेक देखि धुली काँडासम्मको सडक, ऐशेलुबगर कचाली हुँदै ज्यावन जोड्ने सडक रहेका छन्।

कार्यक्रम अन्तर्गत रहेका प्रति सडक योजनाका लागि २४ लाख रुपैयाँ विनियोजन गरिएको थियो। नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका छन्।

प्रतिस्थापन विधेयकबाट नै बझाङका ६ वटा सडक आयोजना बजेट नभएको भन्दै खारेज भएको छन् जसमा ६ वटा योजनाको करिब १ करोड ४४ लाखका योजना खारेजीमा परेका हुन्।

Leave A Reply

Your email address will not be published.