बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु

दार्चुला । बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका १० का ४३ बर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए ।

 

Leave A Reply

Your email address will not be published.