दार्चुला । बैतडीमा बालुवाखानीमा च्यापीएर दुई जनाको मृत्यु भएको छ । बालुवा खानीमा च्यापीएर घाइते भएका ६२ वर्षीय सालिभान सिंह धामीको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यो संगै मृतको संख्या दुई पुगेको छ ।
मंगलबार साँझ सिगास गाउँपालिका २ को धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर सोही वडाकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो ।
ढिस्कोमा पुरिएर घाइते भएका क्रमान सिंह धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।