थप १ सय ६ जनामा कोरोना सङ्क्रमण

Krishna

दार्चुला । पछिल्लो २४ घण्टामा एक सय छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार चार सय ८८ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७४ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच २४ घण्टामा ३१ हजार पाँच सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ३५ रहेको मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

केही दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.