दार्चुलाका ५१ वडा सडक पहुँचमा
दार्चुला । दार्चुलाका ५१ वटामा सडक पहुच पुगेको छ । ९ स्थानीय तहका ६१ वडा रहेको दार्चुलामा हाल सम्म ५१ वडामा सडक पहुच पुगेको हो । जिल्लाका ९ वटा स्थानीय तह मध्ये अपिहिमाल गाउँपालिका बाहेक सबै स्थानीय तहकोे केन्द्र सम्म सडक पहुच रहेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको महाकाली नगरपालिकाको सबै वडामा सडक पुगिसकेको नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले बताउनुभयो । नगरपालिकाको वडा नम्बर ५, ७, ८ र ९ मा पक्की सडक रहेको उहाँले बताउनुभयो । त्यस्तै जिल्लाको शैल्यशिखर नगारपालिकामा पनि सबै वडा सडक सञ्जालमा जोडिएका छन। ९ वटा वडा रहेको नगरपालिकाका सबै वडामा सडक पचुच रहेको नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीले बताउनुभयो । मालिकार्जुन गाउँपालिकाका पनि सबै वडामा सडक पहुच रहेको गाउँपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष धन बहादुर धामीले बताउनुभयो ।
त्यस्तै ६ वडा रहेको मार्मा गाउँपालिकामा वडा नम्बर ५ र ६ बाहेक सबै वडामा सडक पहुच रहेको मार्मा गाउँपालिकाका प्रवक्ता धिरेन्द्र धामीले बताउनुभयो । सडक पुग्न बाकि रहेका वडा नम्बर ५ र ६ मा पनि सडक निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो । त्यस्तै जिल्लाको लेकम गाउँपालिकामा ६ वडा मध्ये वडा नम्बर २ बाहेक सबै वडामा सडक पहुच रहेको लेकम गाउँपालिकाका सुचना अधिकारी तर्क राज विष्टले बताउनुभयो ।
त्यस्तै ६ वटा वडा रहेको नौगाड गाउँपालिकामा वडा नम्बर १ र ६ बाहेक अन्य सबै वडामा सडक पहुच रहेको छ । सडक पहुच पुग्न बाँकि रहेको ठाउँमा पनि सडक निमार्ण प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ।
दुँहु गाउँपालिकाको पनि सबै वडामा सडक पहुच रहेको गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर बडालले बताउनुभयो । वडा कार्यालय सम्मै नभए पनि सबै वडामा सडक पहुच रहेको उहाँले बताउनुभयो ।
जिल्लाको व्यास गाउँपालिकामा पनि १ नम्बर बाहेक सबै वडामा सडक पहुच रहेको गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले बताउनुभयो । बाकि रहेको १ नम्बर वडा निकै दुर्गम भएकोले सडक पहुच तत्काल पुगाउन सकिने अवस्था नरहेको उहाँले बताउनुभयो ।
जिल्लाको सबै स्थानीय तह मध्ये दुर्गम रहेको अपि हिमाल गाउँपालिकामा भने हाल सम्म सडक पहुच पुग्न सकेको छैन । गाउँपालिकाको वडा नम्बर ५ मा दार्चुला तिंकर सडकले छोएको भए पनि अन्य वडामा सडक पहुच नरहेको गाउँपालिकाका सूचना अधिकारी विरेन्द्र साउँदले बताउनुभयो ।
दार्चुलाका ६१ वडा मध्ये ५१ वडा सडक सञ्जालमा जोडिएका छन । जिल्लाका ५१ वडा सडक सञ्जालमा जोडिएको भए पनि सडक सञ्चालन भने केही वडामा मात्रै रहेको छ । संघ, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण गरिएका अधिकांस सडक भने सञ्चालनमा आउन सकेका छैन्न । ५१ वडा मध्ये पनि केही वडाको वडा कार्यालय सम्मै भने सडक पहुच नरहेको सम्बन्धीत स्थानीय तहहरुले बताएका छन । अधिकांश वडामा सडकको नयाँ ट्रयाक खुलाइएकाले यातायात सञ्चालनका लागि स्तरोन्नति गर्न आवश्यक छ ।