बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ८ बस्ने अन्दाजी ३८ वर्षिया बाशुदेव जोशी धारिलो हतियारले रेटि हत्या गरिएको अवस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता योगशे खत्रीका अनुसार शनिबार साँझ करिब ८ बजे तिर जोशीको शव फेला परेको हो। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
