दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ स्थितको देउथली स्वास्थ्य इकाई केन्द्र १ महिनादेखि बन्द रहेको छ । नगरपालिकाले विगत ४ वर्षदेखि केन्दमा कार्यरत जग्गादातासमेत रहेका कार्यालय सहयोगी मोहन देव जोशीलाई हटाएपछि गत चैत २ गतेदेखि स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी गरिएको छ ।
नगरपालीका राजनैतिक पुर्वाग्रह राखी कार्यरत कर्मचारीलाई हटाए पछि स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी गरिएको हो । स्वास्थ्य इकाई केन्द्र बन्द हुदा स्थानीय समस्यामा परेका छन। स्वथ्य जस्तो सम्वेदनशिल क्षेत्रमा समेत नगरपालिकाका जनप्रतिनिधिले राजनीती गर्दा स्थानीय स्वास्थ्य सेवा पाउन बाट बञ्चीत भएका छन ।
नगरपालिकाका जनप्रतिनिधिल आफ्ना कार्यक्रता व्यवस्थापन गर्न स्थानीय नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिरहेको स्थानीय अम्वादत्त जोशीले आरोप लगाउनुभयो। नगरपालिकाले सेवा सुविधा सुधार गर्नुको साटो झन समस्या शिर्जना गरिरहेको उहाँको भनाई छ। कार्यालयमा कार्यरत कर्मचारीलाई हटाएर स्वास्थ्य इकाई केन्द्र बन्द हुदा समेत जनप्रतिनिधिले ध्यान नदिएको स्थानीय जोशीको भनाई छ । नगरपालिकाले स्वास्थ्य इकाई केन्द्रमा २ जना कार्यालय सहयोगी, एक जना स्वीपर राखेको छ, भने स्वाथ्यीकर्मी एक जना मात्रै रहेका छन ।
स्वास्थ्य केन्द्रलाई जनताको सेवा भन्दा पनि नगरपालिकाले कार्यक्रता भर्ती केन्द्र बनाएको स्थानीय मोहन देव जोशीले बताउनुभयो । एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगीको स्वीकृत दरबन्दी रहेको स्वाथ्य केन्द्रमा अहिले नगरपालिकाले एक जना अनमी, दुई जना कार्यालय सहयोगी र एक जना स्वीपर नियुक्त गरेको उहाँले बताउनुभयो ।
तर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शिवराज जोशीले भने स्वास्थ्य इकाई केन्द्रमा एक जना अनमी र २ जना कार्यालय सहयोगी कार्यरत रहेको बताउनुभएको छ । स्वास्थ्य इकाई केन्द्रमा कार्यरत अहेव अहिले बन्तोली आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत रहेको उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रको समस्या समाधानका लागी वडा अध्यक्षसंग समन्वय गरी विवाद समाधान गर्ने प्रयास गरिहेको पनि उहाँले बताउनुभयो ।
स्वास्थ्य ईकाइ केन्द्र बन्द हुँदा अहिले खोप लगायतका अत्यावश्यकीय सेवा नजिकै रहेको विद्यालयमा संचालन भइरहेका छन । यस्तै वडाअध्यक्ष पुष्पराज जोशीले स्वास्थ्य इकाई केन्द्रमा तालाबन्दी भएपछि जग्गादाताको समस्याको विषय आफूले कार्यपालिका बैठकमा उठाएको बताउनुभयो ।
स्वास्थ्य इकाई बन्द हुँदा स्वास्थ्य सेवा पाउन नसकेको त्यहाँका स्थानीयहरुले बताएका छन् ।