दार्चुलामा ढुङ्गा लागेर ४२ वर्षीय पुरुषको मृत्यु

दार्चुला । दार्चुलामा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको मृत्यु भएको हो । यार्सा संकलनको लागी गएका उनको व्यास गाउँपालिका वडा नम्बर १ को कुन्ति भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यार्सागुम्बा टिप्न गएका ऐतवालको माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै ऐतवालसँगै रहेका पुष्कर ऐतवाल घाइते भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.