इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किंग्स र राजस्थान रोयल्स बीच खेल हुँदैछ ।
लिग चरणको ६६ औं खेल धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।
यी दुवै टोली पहिलो पटक धर्मशाला मैदानमा आमनेसामने हुँदैछन् ।
पञ्जाबले यो सिजन अहिलेसम्म १३ खेल खेलेको छ । जसमा ६ जित र ७ खेलमा हार बेहोरेको पञ्जाब १२ अंक सहित तालिकाको ८ औ स्थानमा रहेको छ । समान १३ खेल खेलेको राजस्थान पनि ६ जित र ७ हारका साथ १२ अंक सहित तालिकाको ६ औ स्थानमा रहेको छ ।
पञ्जाब र राजस्थानबीच हालसम्म जम्मा २५ खेल खेलिएको छ । यी १४ खेलमा राजस्थान र ११ खेल पञ्जाबले जितेको छ ।
प्लेअफको सम्भावना जिवित राख्न दुबै टोलीलाई आजको खेल जित्नै पर्ने दवाब रहेको छ ।
