विश्वकप क्वालिफायरको समुह विभाजन, नेपाल समुह ए मा

दार्चुला ।  आइसीसी विश्वकप क्वालिफायरको समुह विभाजन गरिएको छ । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समुहमा विभाजन गरिएको हो ।

नेपाल आयोजक जिम्बाबेसहितको समुह ए मा परेको छ । नेपालको समुहमा आयोजक जिम्बाबेसहित नेदरल्याण्डस, अमेरिका र वेस्टइण्डिज परेको छ ।

त्यसैगरी समुह बि मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युएई परेका छन् । विश्वकप क्वालिफायरका समुह ए का खेलहरु हरारेमा हुने छन् भने समुह बि का खेलहरु बुलावायोमा हुने छन् ।

 

दुई समुहबाट शिर्ष ३-३ टिम सुपर सिक्सका लागि छनौट हुने छन् भने सुपर सिक्सबाट शिर्ष २ देश विश्वकपको अन्तिम चरणका लागि छनौट हुने छन् ।

 

Leave A Reply

Your email address will not be published.