मुम्बईले हैदराबादलाई हरायो, प्लेअफ सम्भावना कायमै

दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । आज आइतवार भएको खेलमा मुम्बईले हैदराबादलाई ८ विकेटले हरायो ।

हैदराबादले दिएको २ सय १ रनको लक्ष्य मुम्बईले १२ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायो । मुम्बईको जितमा क्यामरन ग्रीनले शतक बनाए । उनी ४७ बलमा १ सय रनमा नटआउट रहे । यस्तै कप्तान रोहित शर्माले ५६ रन बनाए । बलिङतर्फ हैदराबादका भुवनेश्वर कुमार मयंक दागरले १-१ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो । हैदराबादका मयंक अग्रवालले ८३ र भिभ्रान्त शर्माले ६९ रन बनाए । बलिङतर्फ मुम्बईका आकाश मधवालले ४ विकेट लिए ।

यो जितसँगै मुम्बईले प्लेअफ खेल्ने सम्भावना कायमै राख्दा राजस्थान रोयल्स भने बाहिरिएको छ । अब मुम्बईले आजै हुने गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीचको खेल कुर्नुपर्नेछ । यो खेलमा बेङ्गलोरले हारेमा मुम्बई प्लेअफमा पुग्नेछ जितेमा मात्रै पनि बेङ्गलोर प्लेअफमा पुग्नेछ ।

Leave A Reply

Your email address will not be published.