विश्वकप क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा

दार्चुला । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकपमा प्रतिस्पर्धामा सहभागिताका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले २२ सदस्यीय प्रारम्भिक टोलीको सोमबार छनोट गरेको हो। यसबाट जिम्बावे जाने अन्तिम टोलीको छनोट गरिनेछ। क्यानले मंगलबारबाट टोलीको बन्द प्रशिक्षण सुरु हुने बताएको छ।

विश्वकप छनोटका खेल जिम्बावेमा जुन १८ देखि जुलाई ९ सम्म हुने छन्। छनोटअघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्नेछ।

छनोटमा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स ९युएई०, अमेरिका र वेस्ट इन्डिज गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ भने अहिलेसम्म आइसिसीले समूह विभाजन र खेल तालिका सार्वजनिक गरिसकेको छैन।
छनोटबाट २ टोलीले अर्को वर्ष भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्।

प्रारम्भिक टोलीमा कप्तान रोहित पौडेल‚ कुशल भूर्तेल‚ कुशल मल्ल‚ आसिफ शेख‚ आरिफ शेख‚ ललित राजवंशी‚ सोमपाल कामी‚ भीम सार्की‚ करण केसी‚ सन्दीप लामिछाने‚ ज्ञानेन्द्र मल्ल‚ अर्जुन साउद‚ देव खनाल‚ दीपेन्द्रसिंह ऐरी‚ कमलसिंह ऐरीलगायत समेटिएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.