सामुदायिक वनमा पुरुषको बेवारिस शव फेला

दार्चुला । कैलालीमा एक पुरुषको बेवारिस शव फेला परेको छ। जानकी गाउँपालिका–९ शिवशक्ति सामुदायिक वन पछाडि कर्णाली नदीको किनारमा उक्त शव फेला परेको छ।

करिब ४५ वर्षीय पुरुषको शव सोमबार भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। टीकापुरका प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले बताए। ‘सडेको अवस्थामा भेटिएको उक्त शवको अहिलेसम्म सनाखत भएको छैन। पहाडतिरबाट बगेर आएको हुनसक्ने प्रारम्भिक अनुमान छ’ उहाँले भन्नुभयो।

उक्त विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक सापकोटाले  बताउनुभयो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.