दार्चुला । नेपाल विद्यार्थी संघका युवा नेता अनिल कुमार विष्ट नेपाली काँग्रेंस डीलासैनी गाउँपालिका कार्यसमितिको सचिवको दौडमा देखिएका छन । नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत असोज ९ गते हुने गाउँपालिका सम्मेलनका लागि विद्यार्थी नेता विष्ट डीलासैनी गाउँपालिका सचिवका लागि आकांक्षी देखिनुभएको हाृ ।
।
काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने लोकतन्त्र कमजोर भए जनता कमजोर हुने भएकाले काँग्रेसलाई बलियो बनाउँदै जनतालाई बलियो बनाउँदै गाउँपालिकाकै हितका लागि सचिवको लागि ईच्छा प्रकट गरेको उहाँले बताउनुभयो । ‘मैले साथिभाई पार्टीपङक्ति एव आम जनताको साथ सर्मथनछ, ‘उहाँले भन्नुभयो ‘सबैलाई एक ढिक्का बनाएर अघि बढ्छु, ‘म पार्टीभित्र देखिएको गुट उगपुटको बिरोधी हुँ, बिरोध पनि गर्छु, ‘उहाँले थपन्नुभयो, ‘खास गरेर मेरो उम्मेदवारी काँग्रेसलाई जनताको घर घरमा पुर्याउदै पार्टीलाई चलायमान गर्नका लागी हुन्छ ।’
डेढ दशकदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका युवा नेता विष्टले पहिलो पटक सचिवका लागि उम्मेदवारी दिनुभएको हो। २०६३ साल देखि नेविसंघ राजनीतिमा होमिएका विष्ट दार्चुला,बैतडी,कञ्चनपुर सम्म सहयोगी रूपमा देखिनुहुन्छ ।
विद्यार्थी मात्र नभई उहाँले पार्टीमा समेत युवा देखि ज्येष्ठ सबैसँग सचिव पदमा आफुलाई सहयोग गर्नको लागी आग्रह गर्नुभएको छ। २०६३ सालमा गोकुलेश्वर माध्यमिक विद्यालयबाट सक्रिय रूपमा राजनीतिक यात्रा तय गरेका विष्टले दार्चुलाबाट जिल्ला समन्वय समिति सदस्य , महाधिवेशन प्रतिनिधि, नेपाल संस्कृतिक संघ केन्द्रीय प्रतिनिधिको भूमिका समेत निर्वाह गरि सक्नु भएको छ ।