पश्चिमी क्षेत्रमा मनसुन सर्न केही दिन लाग्ने , आज पनि पानी पर्ने

दार्चुला – गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

मौसमविद् विनु महर्जनका अनुसार आज पनि बाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । एकदुई ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम रहेको उहाँले बताउनुभयो । तर, पश्चिमी क्षेत्रमा भने तत्काल मनसुनी वर्षाको सम्भावना नरहेको मौसमविद् महर्जनले बताउनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा अहिले पश्चिमी वायुको प्रभाव धेरै छ । यसकै कारण त्यस क्षेत्रमा मनसुन प्रवेश गर्न एकदुई दिन लाग्ने मौसमविद्को भनाइ छ । नेपालमा हिजो मनसुन भित्रिएको हो ।

यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएकोे छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.