कोरोना सङ्क्रमणको जोखिममा दार्चुलाका विद्यार्थी

दार्चुला । कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी कोरोना संक्रमणको त्रास भने कायमै छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ । तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक अस्पतालमा २० प्रतिशत शय्या छुट्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ ।

लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ, तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले विद्यालय सञ्चालन गर्ने नगर्ने जिम्मेवारी सम्बन्धीत स्थानीय तहलाई नै दिने निणर्य गरे संगै जिल्लाका सबै स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेका छन । विद्यालय सञ्चालन भए पनि बालबालिकालाई विद्यालय पठाउन अभिभावक हरुमा पनि डर देखिएको छ।

उसो त सरकारले दार्चुला जिल्लाको हकमा १८ बर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन थालिसकेको छ। कोरोना खोप १८ बर्ष माथिकाले लगाए पनि बालबालिका संक्रमणको जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले नै बताउने गरेका छन ।

यस अघि बालबालिकामा कोरोना संक्रमण नदिएको दार्चुलामा पछिल्लो समय ३ दिनको अवधिमा विभिन्न स्थानीय तहका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको थियो।

आफूसमेत जोखिममा रहेका बेला साना बालकलाई विद्यालय पठाउन थालेपछि चिन्ताले थप सताउन थालेको अभिभावकहरु बताउछन ।

सञ्चालन भएका सबै विद्यलयमा स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना नहुदा कोरोना संक्रमणको जोखिम बढी भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको सहरी स्वास्थ्य इकाई केन्द्रका इन्चार्ज जितेन्द्र सिंह धामीले बताउनुभयो । विद्यालय सञ्चालन भए पनि स्वास्थय सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने उहाँको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.