बझाङमा मन्त्री सवार गाडी दुर्घटना

दार्चुला – सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा आज दिउँसो केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ।

दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएका छन्।घाइते हुनेमा चालक धर्मराज जोशी मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, जयदेवी सिंह (महिला) र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी गरि ५ जना घाइते भएका छन।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी जागेश्वर भण्डारीले बताउनु भयो ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave A Reply

Your email address will not be published.