कन्चनपुरमा युवती माथी सामुहिक बलात्कार दुइ जना पक्राउ

कन्चनपुरमा युवती माथी सामुहिक बलात्कार ;
दुई जना पक्राउ
दोधारा चाँदनी नगरपालिकाबाट १६ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दोधाराचाँदनी नगरपालिका–९ का २१ बर्षिय पवन प्रसाद उपाध्याय र २६ बर्षिय अमर बहादुर खत्री लाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्टस्थित प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति दुबै जनाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उक्त डेरी उपाध्यायले सञ्चालन गरिरहेका थिए । प्रहरी स्रोतका अनुसार सोहीँ ठाउँकी किशोरी आइतबार साँझ कञ्जभोजस्थित आफन्तको घरमा ‘बर्थडे’ पार्टीमा जान भनेर घरबाट निस्किएकी थिइन् ।

‘मोटरसाइकलमा कञ्चभोज पुर्‍याइ दिन्छु भन्दै उपाध्यायले किशोरीलाई पसलभित्र बोलाएर सटर तानेर बन्द गरेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि खत्रीलाई बोलाएर उनीहरुले सामुहिक बलात्कार गरेको देखिन्छ ।’

खत्री पनि दुग्ध व्यवसायी हुन् । उनको दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बजारमा डेरी पसल छ । उपाध्यायले किशोरीलाई सटर लगाएर कोठाभित्र थुनेपछि फोन गरेर खत्रीलाई बोलाएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.