नेपालले भारत ए ,सँगको खेलमा टस जित्यो, पहिला ब्याटिङ गर्दै

 

दार्चुला – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ुएु सँगको खेलमा टस जितेको छ । श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
प्रतियोगितामा नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ए, सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएईको ुएु टोलीसँग खेल्नेछ । नेपाल समूह बी, मा छ ।
त्यस्तै समूह ए, मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ए, टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

Leave A Reply

Your email address will not be published.