दार्चुला भन्सार द्वारा लक्ष्य भन्दा दोब्बर राजस्व संकलन

दार्चुला:- दार्चुला भन्सार कार्यालय ले आर्थिक बर्ष २०७९/८० मा लक्ष्य भन्दा दोब्बर राजस्व असुली गरेको छ।
२०७९र८० मा १९ लाख ६८ हजार लक्ष्य राखेकोमा त्यसको दोब्बर बढी राजश्व असुली गरेको हो।

गत आर्थिक वर्षमा ४० लाख ८१ हजार ४०२ रुपैयाँ अर्थात १०७ दशमलव ३८८ प्रतिशत राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘प्रत्येक वर्ष विभिन्न कारण राजस्वमा ह्रास आउने गर्थ्यो तर आर्थिक वर्षमा २०७९/८० मा हामीले लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्न सफल भएको बताउनु भयो ।
चालू आर्थिक वर्षको फागुन महिनामा सबैभन्दा बढी र कात्तिक महिनामा सबैभन्दा कम राजस्व उठेको छ ।

दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि भएको यो पहिलो पटक हो ।

पछिल्लो समय नागरिकहरु करको दायरामा आउँदा राजस्वमा वृद्धि भइरहेको कार्यालय प्रमुख प्रसादले बताउनुभयो ।
जिल्ला भन्सार कार्यालय दार्चुलाले चालू आर्थिक वर्षमा ५० लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

Leave A Reply

Your email address will not be published.