होटलमा बेहोस फेला परेका युवकको मृत्यु ,सँगै बसेकी युवती पक्राउ

कञ्चनपुरको महेन्द्रनगरमा रहेको डिलाइट होटलमा बेहोस अवस्थामा भेटिएका धनगढीका युुवकको मृत्यु भएको छ ।शुक्रबार होटलमा बेहोस अवस्थामा फेला परेका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी स्थित भगवती टोलका ३७ वर्षीय विष्णुु पनेरुको शनिबार उपचारकको क्रममा मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

उनको मृत्यु भएपछि पनेरु बेहोस अवस्थामा भेटिएको होटलको कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । सापकोटालाई शनिबार धनगढीबाट पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.