१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

दार्चुला । १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा डडेल्धुरामा २ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोेही नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुलाको नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदिश धामी पक्राउ परेका हुन्।

असोज ५ गते बलात्कार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.