सुदुरपस्चिममा पुरुष यौन हिंसा बढ्दै
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशभित्र पुरुष यौन हिँसा बढ्न थालेको छ । । लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) का अनुसार प्रदेशका विभिन्न जिल्लामा गरी २२ जना पुरुष यौन दुर्व्यवहार तथा हिंसा पीडित भएको पाइएको छ।
हाल सुदूरपश्चिमका नौवटै जिल्लाका विभिन्न अस्पतालमा ओसीएमसी सेवा उपलब्ध भए पनि आफ्नै पुनःस्थापना केन्द्र नहुँदा भने समस्या भइरहेको बताइएको छ। ओसीएमसीबाट मुख्यतः स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा र आवश्यकताका आधारमा पुनःस्थापना गरिन्छ।
अन्य सेवाका लागि सहज भए पनि ओसीएमसी कार्यक्रम सञ्चालन गर्न आफ्नै पुनः स्थापना केन्द्र नहुँदा समस्या भइरहेको अस्पतालहरुले बताएका छन्। यौन हिंसा, यौन दुर्व्यवहारमा परेर घरपरिवारबाट पीडित भई ओसीएमसीमा आइपुगेका कतिपय मामिलालाई घरमै पुनःस्थापना गर्ने अवस्था हुँदैन। परिवारबाटै पीडित भएर आएकाहरूलाई पुनःस्थापना गर्न कठिन हुने गरेको छ।
प्रसूति गृह अन्तर्गतको ओसीएमसी सेवा केन्द्रका प्रमुख सुकुमाया तामाङले बेलाबेला यस्ता समस्या हुने गरेको बताएकी छन्। विगतको तुलनामा पीडित दर बढ्दै गएको छ। प्रदेशमा एकीकृत सेवा सुविधासहितको दीर्घकालीन आवास गृह निर्माणको आवश्यकता भएको उनले बताइन्। अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र २०६८र६९ देखि लागु गरिएको हो।
ओसीएमसीमा आउने सेवाग्राहीलाई सबैभन्दा पहिला स्वास्थ्यलाई नै प्राथमिकता दिएर हेरिन्छ। त्यसपछि कानुनी उपचार लगायतका कुरा अगाडि बढाइने गरिएको छ। ओसीएमसीबाट स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा दिइने गरिएको छ। सरकारले ओसीएमसीका लागि छुट्टै कर्मचारीको व्यवस्थापन गरेको छ।
यस्तै जिल्लामा अस्पतालको ओसीएमसीमा सेवा लिन आउनेलाई रिफरल गर्नुपरेको खण्डमा संघीय अस्पतालमा रिफरल गर्ने गरिएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ओसीएमसी सेवा सञ्चालन गरिएकोमा आर्थिक वर्ष २०७९/८० मा २२ पुरुष र ६१० महिला गरी ६३२ जनाले सेवा लिएको पाइएको छ।
यौन हिंसा र दुर्व्यवहारमा महिला मात्रै नभएर पुरुष पनि पीडित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको हो।