डोल्पा : नेपाली सेनाका मेजरको शव फेला परेको छ । भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका गुल्मपती विमल पण्डितको शव आज नदीमा फेला परेको हो । डोल्पाबाट ३० किलोमिटर दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको थियो ।